कोरोना अपडेट : विश्वमा नौ लाख ३२ हजार बढीको मृत्यु



जेनेभा : विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।

सो संगठनका अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १२ लाख ७९ हजार ८३३ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख ३३ हजार १११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरुमध्ये ६० हजार ७९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

कोरोना भाइरसबाट अन्त्यत प्रभावित १० वटा देश यी हुन् :
अमेरिकामा ६७ लाख ४९ हजार २८९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ४० लाख २७ हजार ८२६ जना कोरोना भाइरस मुक्त भएका छन् भने एक लाख ९९ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४९ लाख ३० हजार २३६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३८ लाख ५९ हजार ३९९ कोरोना भाइरस मुक्त भएका छन् भने ८० हजार ८०८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४३ लाख ४९ हजार ५४४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३६ लाख १३ हजार १८४ कोरोना भाइरस मुक्त भएका छन् भने एक लाख ३२ हजार ११७ जनाको मृत्यु भएको छ ।
रुस १० लाख ६८ हजार ३२० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ आठ लाख ७८ हजार ७०० कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ६३५ जनाको मृत्यु भएको छ । पेरुमा ७ लाख ३३ हजार ८६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ पाँच लाख ७३ हजार ३६४ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ८१२ जनाको मृत्यु भएको छ ।

कोलम्बिया सात लाख २१ हजार ८९२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ छ लाख छ हजार ९२५ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार १२३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा छ लाख ७१ हजार ७१६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ चार लाख ७५ हजार ७९५ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ४९ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा छ लाख ५० हजार ७४९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ पाँच लाख ७९ हजार २८९ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४९९ जनाको मृत्यु भएको छ । स्पेनमा पाँच लाख ९३ हजार ७३० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ८४८ जनाको मृत्यु भएको छ । अर्जेन्टिना पाँच लाख ६५ हजार ४४६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ चार लाख २८ हजार ९५३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ६६७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्