पोर्चुगलको जंगलमा डढेलो, एक हजार अग्निनियन्त्रक खटाइयो



एजेन्सीः पोर्चुगलको जंगलमा सोमबारदेखि भिषण डढेलो लागेको छ ।

डढेलो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने बिमानहरु परिचालन गरिएको पोर्चुगलका अधिकारीहरुले बताएका छन् ।

राजधानी लिस्बनबाट उत्तरतर्फ करिब २०० किलोमिटरको दूरीमा आगोको मुस्लो देखिएको छ । स्थानीय अग्निनियन्त्रक कमाण्डर लुइस बेलो कोस्टाका अनुसार जंगलको आगो झण्डै ५५ किलोभर क्षेत्रमा फैलिएको छ ।

सुख्खा मौसम र जंगलभित्रका साना बुट्यान सुकेकाले पनि आगो नियन्त्रण बाहिर पुगेको बताइएको छ । पोर्चुगलमा हरेक वर्ष ठूलो वन डढेलो लाग्छ । कमजोर वन व्यवस्थापन आगलागीको मुख्य कारण रहेको जनाइएको छ । ३ वर्षअघिको वन डढेलोमा परेर १०६ जनाको ज्यान गएको थियो ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्