दसैंकाे खानपिनले पेटका बिरामी बढे



काठमाडौँ : दशैँका बेला बढी खानपिनले पाचन प्रक्रियामा असन्तुलन भएपछि उपत्यकाका अस्पतालहरूमा पेटसँग सम्बन्धित समस्या लिएर आउने विरामीको चाप बढेको छ ।

दशै‌को बेलामा आवश्यक भन्दा बढी खान खाएर अस्पतालमा उपचार गर्न आउनेहरूको सङ्ख्यामा वृद्धि भएको अस्पतालले जानकारी दिएको छ । यी बाहेक दशैँमा मदिरा सेवन गरेर मोटरसाइकल चलाउने युवा पनि दुर्घटना भएर अस्पताल आएका थिए । 

विगतका सामान्य अवस्थामा विरामी आउने सङ्ख्याका तुलनामा बिरामी कम आए पनि अधिकांश बिरामीहरू ग्याष्ट्रिक, झाडापखाला लगायतका समस्या लिएर आएका थिए । गाेरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्