दया देखाउन जयालाई कंगानाको सुझाव



काठमाडौंः बलिउड अभिनेत्री कंगाना रनावतले जया बच्चनलाई दया देखाउन सुझाव दिएकी छिन् ।

कंगानाले सामाजिक सञ्जालमा निडरताका साथ अभिव्यक्ति दिँदै आएकी छिन् । उनको एक ट्वीटले फेरि चर्चामा आएकी हुन् ।

कंगनाले ट्वीटमा भनेकी छिन्-‘जया जी, तपाई अझै पनि यस्तो कुरा गर्नुहुन्छ यदि मेरो ठाउँमा तपाईकी छोरी श्वेतालाई कुुटपिट गरियो, ड्रग्स दिइयो र किशोरावस्थामा दुरव्यवहार गरियो, के तपाईं अझै यस्तै भन्नुहुन्थ्यो । यदि अभिषेकले लगातार दुुरव्यवहार र उत्पीडनको गुनासो गर्यो र एकदिन आफूलाई झुण्ड्यायो ? के प्रतिक्रिया हुन्छ तपाईको ?? कहिलेकहीँ हाम्रो लागि पनि दया देखाउनुस् ।’ अभिषेक र श्वेता बलिउड सुपरस्टार अमिताभ बच्चन र जया बच्चनका छोराछोरी हुन् ।

बलिउड कलाकारका साथै समाजवादी पार्टीकी सांसद जया बच्चनले राज्यसभामा लागूपदार्थको नाम लिएर बलिउडलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको बताएकी थिइन् । फिल्म उद्योगमा जसले अरुको सहयोगमा मात्र नाम कमाए आज उनीहरुले नै बदनाममा लागि परेका छन् जयाले भनेकी छिन् । लगत्तै कंगनाले उनको भनाइमा प्रतिक्रिया दिएकी छिन् ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्