प्रकाश सपूतको दोहोरी ब्याटल–२ बजारमा 



काठमाडौँ : लोकदोहोरी गायक प्रकाश सपूतले नयाँ दोहोरी ब्याटल–२ बजारमा ल्याएका छन्। दोहोरी ब्याटलबाट सफलता पाएपछि उनी ब्याटल–२ लिएर आएका हुन् । ब्याटलमा–२ मा सपूतको शब्द तथा सङ्गीत र स्वर पनि आफ्नै रहेको छ।

महिला स्वरमा उनलाई प्रीती आलेले साथ दिएकी छिन् । साना साना कुरामा पारीवारीरिक सम्बन्धमा हुने मतभेदको विषयवस्तुलाई व्यंग्यात्मक रूपमा समेटेर व्याटल तयार पारिएको छ। एरेन्ज तथा ब्याक ग्राउन्ड स्कोर श्यामस्वेत रसालीले गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्