अटो रिक्साको ठक्करबाट एक जना घाईते



धनगढीः धनगढीमा अटो रिक्साको ठक्करबाट एक जना घाईते भएका छन् ।

धनगढी-अत्तरिया ६ लेन सडक अन्तरगत उप-महानगरपालिकाको सहिद गेट नजिक अटो रिक्साले ठक्कर दिँदा पैदल यात्री घाईते भएका हुन् ।

प्रहरीका अनुसार धनगढी उप-महानगरपालिका वडा नं.४ उत्तरवेहडीका ५२ वर्षीय कुनकुराम चौधरी घाईते भएका हुन् ।

उनको अहिले माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने ठक्कर दिने अटो रिक्सा र चालक फरार छन् । घाईते चौधरी अपाङगता व्यक्ति हुन् ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्