थप १५३९ जनाका कोरोना संक्रमण पुष्टि



काठमाडौं : पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा १५३९ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टायता उपत्यकामा ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयलयले जनाएको छ । 

मन्त्रालयका अनुसार काठमाडौंमा २१६ महिला र ४३६ पुरुष संक्रमित थपिएका छन् । यस्तै, भक्तपुरमा १३ महिला र १२ पुरुष तथा लतिलपुरमा २४ महिला र ३६ पुरुष संक्रमित थपिएका छन् । देशभरीमा सबैभन्दा धेरै संक्रमित काठमाडौं उपत्यकामा छन् । 

मन्त्रालयका अनुसार आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३७९ जनाको मृत्यु भएको छ । साथै ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : भदौ ३१, २०७७

प्रतिक्रिया दिनुहोस्