थिमी वृत्तमा कार्यरत ६३ प्रहरीमा कोरोना पुष्टि



काठमाडौंः महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि बृत्तको काम प्रभावित भएको हो । केही दिन अघि बृत्तमा कार्यरत १ सय ३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

धेरै प्रहरी संक्रमित भएपछि बृत्तमा मुद्दा फाँटको मात्रै काम भइरहेको महानरीय प्रहरी बृत्त थिमीका प्रमुख ऋषिराम कँडेलले बताए । कोरोना संक्रमण नदेखिएका प्रहरीहरुलाई मोबाइल गस्तीमा पठाइएको र केही प्रहरी मात्रै कार्यालयमा कार्यरत हुँदा सधैजसो भीडभाड हुने थिमी बृत्त अहिले भने सुनसान छ । अत्याश्यक बाहेक थिमी प्रहरी बृत्तमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको प्रमुख कँडेलले बताए ।

संक्रमित प्रहरीहरुलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा राखिएको छ, दुई जनालाई भने बोडेको आइसोलेसनमा राखिएको कँडेलले बताए ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्