डुबेर २ जनाको मृत्यु



सुनसरीः सुनसरीको दुहबी नगरपालिका ८, सोनापुर मुसहरी टोलकी १० वर्षीया नन्दनी ऋषिदेवको डुबेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित जग्गा प्लटिङमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएकी उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगरतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।

त्यस्तै सप्तरीकै तिलाठी कोईलाडी गाउँपालिका ४ कोईलाडी बस्ने ३० वर्षीय धर्मदेव कामैतको पोखरीमा डुबेर मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने सुजित सिहंको आँगनमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशितः १ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्