प्रदेश २ मा बिहीबार ११५ कोरोना संक्रमित थपिए, ५२ जना डिस्चार्ज



जनकपुरधाम: प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना नयाँ कोरोना संक्रमित व्यक्तिहरु थपिएका छन् ।

योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ६ सय ४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । उनले दिएको जानकारी अनुसार यस प्रदेशमा बिहीबार १३ महिला र १ सय २ पुरुष सहित १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज ९बिहीबार० प्रदेश २ मा सप्तरीमा ४९, पर्सामा १७, धनुषामा १४, सिरहामा १२, बारामा ९, रौतहटमा ७, सर्लाहीमा ५ र महोत्तरीमा २ जना संक्रमित भएका छन् । प्रदेशमा बिहीबारसम्म १० हजार ६ सय ४० पुरुष र १ हजार ९ सय ६४ महिला गरि १२ हजार ६ सय ४ जना व्यक्तिहरु कोरोना संक्रमित भईसकेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १ सय १५ जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेशभरीमा बिहीबारसम्म सप्तरीमा १६ हजार ९ सय ९६, सिरहामा ९ हजार ९ सय ३३, धनुषामा १२ हजार ९ सय २५, महोत्तरीमा ६ हजार ७ सय २९, सर्लाहीमा १२ हजार ९ सय ६८, रौतहटमा २२ हजार २ सय ४५, बारामा १० हजार ७ सय ५० र पर्सामा २१ हजार २ सय ५८ गरि जम्मा १ लाख १३ हजार ८ सय ४ जनाको स्वाब परिक्षण गरिएकोमा १२ हजार ६ सय ४ जना संक्रमित भएका छन् भने ९७ हजार ८ सय ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार २ सय ७६, सिरहामा २ सय १४, धनुषामा ५ सय, महोत्तरीमा २ सय, सर्लाहीमा २ सय ५०, रौतहटमा ३ सय ६५, बारामा ३ सय ८९ र पर्सामा १ सय ७४ गरि कुल ३ हजार ३ सय ६८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ४३, सिरहामा ८८, धनुषामा ७०, महोत्तरीमा २५, सर्लाहीमा ५, बारामा ३१ र पर्सामा १ सय ७४ गरि ४ सय ३६ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ५ सय ७५ बेड क्षमताको १ सय ७० वटा क्वारेन्टाइनमा अहिले ३ सय ८७ जनालाई राखिएको छ भने १ हजार ४ सय १५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ८१, सिरहामा ७ सय ५४, धनुषामा १५, महोत्तरीमा १७, सर्लाहीमा ६३, रौतहटमा ४९, बारामा १३ र पर्सामा ९३ गरि १ हजार १ सय ८५ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

त्यस्तै यस प्रदेशमा सप्तरीमा १ सय ५७, धनुषामा ८ सय ४७, महोत्तरीमा ८ सय ७५, सर्लाहीमा ७ सय ६१, रौतहटमा ८ सय ६०, बारामा २ सय ५८ र पर्सामा ६ सय ९८ गरि ४ हजार ४ सय ५६ जना होम आइसोलेसनमा रहेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ४ सय ४२ जना संक्रमित भएका छन् । धनुषामा १ हजार ८ सय ६८, सर्लाहीमा १ हजार ८ सय ४३, रौतहटमा १ हजार ७ सय ९३, महोत्तरीमा १ हजार ४ सय २, सप्तरीमा १ हजार १ सय १५, सिरहामा १ हजार ८९ र बारामा १ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ४१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका ५२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका १, महोत्तरीका २ र पर्साका ४९ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ७ सय ३८, सिरहाका ३ सय ९३, धनुषाका ९ सय ९३, महोत्तरीका ४ सय ९७, सर्लाहीका ७ सय ६८, रौतहटका ८ सय ७९, बाराका ८ सय ६३ र पर्साका १ हजार ७ सय १९ गरि ६ हजार ८ सय ५० जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १९ महिला र ९४ पुरुष गरि १ सय १३ जनाको मृत्यु भईसकेको छ । अहिलेसम्म पर्सामा ४०, बारामा १७, धनुषामा १३, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ९, रौतहटमा ५, सर्लाहीमा ४ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशितः १ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्