नेविसंघद्वारा स्मृति दिवसमा दीप प्रज्वलन



जनकपुरधामः जनकपुरमा शहिद कामेश्वर कुशेश्वरको ४८ औं स्मृति दिवसको अवसरमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेविसंघ राराब इकाई कमिटीका सभापति सुजित यादवको अध्यक्षता तथा नेपाली कांग्रेस धनुषाका सचिव बिशेश्वर यादवको प्रमुख आतिथ्यमा बिहीबार साँझ स्थानीय जनकचोकमा दिप प्रजवलन तथा मौन धारन गरि श्रद्धाञ्जली अर्पण गरिएको हो ।

कार्यक्रममा वक्ताहरुले नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल विद्यार्थी संघका क्रान्तिकारी योद्वाहरुले निरंकुश सर्बसतावादी पञ्चायत शासकहरुको दमन र अत्याचार विरुद्धको संघर्षमा विद्यार्थी आन्दोलन, माओवादी हत्या एवं लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो त्यागपुर्ण आहुती दिदै आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस धनुषाका सचिव विशेश्वर यादवले नेपाल विद्यार्थी संघको ’कलम र मसाल’ अंकित क्रान्तिवाहक ध्वजालाई सधैं उचो राख्ने क्रममा धेरै शहिदहरु हाँसी हाँसी शहादत प्राप्त गरेको बताए । “यदुकूहा“ काण्डको नामले चर्चित यो हत्याकाण्ड २०२९ असोज १ गते अर्थात आजकै दिन भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाली कांग्रेसका जनकपुर नगर सभापति मनोज साह, सचिब रबिन्द्र सिंह, कांग्रेस नेतृ सम्झना वर्मा,नेपाल विधुत प्राधिकरण संघका अध्यक्ष राजेश्वर गोइत, नेविसंघका नेता सन्जिव यादव,ममता महतो,संजय यादव,उदित मिश्रा,सरुन यादव, कपिल देव यादव,जगदीश चौधरी,तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साह, सदस्य राहुल मिश्रा,नेविसंघ नेता आशुतोष नवीन झा,मनिष यादव, नागेन्द्र कर्ण,रवि साह,अमरेस यादव,अमन सिंह, अनिल चौधरी, मो.सरताज लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशितः १ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्