शुक्रबार प्रदेश २ मा १४० नयाँ संक्रमित थपिए, २ जनाको मृत्यु



जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु हुनुका साथै १ सय ४० जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १५ पुगेको छ भने संक्रमितको संख्या १२ हजार ७ सय ४४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

आज धनुषाको सबैला नगरपालिका वडा नम्बर-३ का ६८ वर्षिय एक पुरुष र बटेश्वर गाउँपालिका वडा नम्बर–५ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ मा बस्दै आएका ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १९ महिला र ९६ पुरुष गरि १ सय १५ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पर्सामा ४०, बारामा १७, धनुषामा १५, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ९, रौतहटमा ५, सर्लाहीमा ४ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा पछिल्लो २४ घण्टामा ३६ महिला र १ सय ४ पुरुष सहित १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (शुक्रबार) प्रदेश २ मा बारामा ७७, सप्तरीमा २९, पर्सामा १५, सिरहामा ८, धनुषामा ६, रौतहटमा ४ र महोत्तरीमा १ जना संक्रमित भएका छन् । प्रदेशमा शुक्रबारसम्म १० हजार ७ सय ४४ पुरुष र २ हजार महिला गरि जम्मा १२ हजार ७ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १ सय ४० जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेशभरीमा शुक्रबारसम्म सप्तरीमा १७ हजार ४२, सिरहामा ९ हजार ९ सय ३३, धनुषामा १२ हजार ९ सय ८६, महोत्तरीमा ६ हजार ७ सय ३३, सर्लाहीमा १२ हजार ९ सय ६८, रौतहटमा २२ हजार २ सय ४५, बारामा १० हजार ७ सय ५० र पर्सामा २१ हजार ३ सय २६ गरि जम्मा १ लाख १३ हजार ९ सय ८३ जनाको स्वाब परिक्षण गरिएकोमा १२ हजार ७ सय ४४ जना संक्रमित भएका छन् भने ९८ हजार २ सय ८७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार १ सय ३९, सिरहामा २ सय १४, धनुषामा ३ सय ८०, महोत्तरीमा २ सय, सर्लाहीमा २ सय, रौतहटमा ३ सय ६२, बारामा ३ सय ८९ र पर्सामा ६८ गरि कुल २ हजार ९ सय ५२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ४६, धनुषामा ६१, महोत्तरीमा ४ र पर्सामा ६८ गरि १ सय ७९ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ५ सय ७५ बेड क्षमताको १ सय ७० वटा क्वारेन्टाइनमा अहिले ३ सय ७३ जनालाई राखिएको छ भने १ हजार ४ सय ३० जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ७०, सिरहामा ७ सय ५४, धनुषामा १४, महोत्तरीमा १७, सर्लाहीमा ६३, रौतहटमा ५४, बारामा १३ र पर्सामा ९४ गरि १ हजार १ सय ७९ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

त्यस्तै यस प्रदेशमा सप्तरीमा १ सय ९२, धनुषामा ८ सय ४९, महोत्तरीमा ८ सय ७६, सर्लाहीमा ७ सय ६१, रौतहटमा ८ सय ५९, बारामा २ सय ९९ र पर्सामा ६ सय ९८ गरि ४ हजार ५ सय ३४ जना होम आइसोलेसनमा रहेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ४ सय ५७ जना संक्रमित भएका छन् । धनुषामा १ हजार ८ सय ७४, सर्लाहीमा १ हजार ८ सय ४३, रौतहटमा १ हजार ७ सय ९७, महोत्तरीमा १ हजार ४ सय ३, सप्तरीमा १ हजार १ सय ४४, बारामा १ हजार १ सय २९ र सिरहामा १ हजार ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय १३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशका ६६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका २१, धनुषाका ३, बाराका ३२ र पर्साका १० जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ७ सय ५९, सिरहाका ३ सय ९३, धनुषाका ९ सय ९६, महोत्तरीका ४ सय ९७, सर्लाहीका ७ सय ६८, रौतहटका ८ सय ७९, बाराका ८ सय ९५ र पर्साका १ हजार ७ सय २९ गरि ६ हजार ९ सय १६ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्