थप १३२५ जनामा कोरोना संक्रमण,१० जनाको मृत्यु



काठमाडौं : थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा १३२५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतममा अनुसार नेपालमा कोरोना संक्रमणबाट ४ सय ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा थप ७ सय ६७ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना संक्रमित देखिएका हुन् ।

यसैगरी कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ९६६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : असोज ४, २०७७

प्रतिक्रिया दिनुहोस्