आजदेखि धनगढी-काठमाडौं हवाइ उडान शुरु



धनगढीः कोरोना भाईरसको संक्रमण रोकथामका लागि ६ महिनादेखि बन्द रहेको धनगढी-काठमाडौं हवाइ उडान आजदेखि शुरु हुने भएको छ ।

सरकारले आन्तरिक हवाई सेवा संचालन गर्ने निर्णय गरेसँगै आजदेखि धनगढी-काठमाडौं-धनगढी सुरु हुन लागेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।

आज बुद्ध एयरले उडान भर्ने र काठमाडौंबाट १० बजेर ५० मिनेटमा धनगढीका लागि उड्ने छ भने धनगढीबाट १२ बजेर ५० मिनेटमा काठमाडौँ फर्किने विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले जानकारी दिए ।

श्री एयरलाइन्सले भने केही दिन ढिलो गरी उडान भर्ने विमानस्थल कार्यालयले जनाएको छ । नेपाल एयरलाईन्सले भने धनगढी विमानस्थलबाट आफ्नो काउण्टर हटाइसकेको विमानस्थल प्रमुख बुढाथापाले बताए । केही समयपछि सौर्य एयरलाईन्सले भने फेरी धनगढीका लागि नियमित उडान भर्ने तयारी थालेको छ ।

प्रकाशितः ५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्