सप्तरीको रुपनी गाउँपालिकाका वडाध्यक्षको निधन



सप्तरी : सप्तरीको रुपनी गाउँपालिका वडा नं.६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको ५४ वर्षका उमेरमा निधन भएको छ ।

केही महिनादेखि बिरामी मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले मृत घोषणा गरेपछि उनको शव घर ल्याउन लागिएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।

विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा ९ दिनको उपचारपछि ३ दिनअघि घर फर्किएका मगरको स्वास्थ्यावस्था गम्भीर भएपछि आज बिहान धरान लगिएको स्थानीयवासी मुक्ति साहले बताए ।

सार्वजनिक जग्गामा घर बनाएको विरोधमा स्थानीयवासीले अवरोध गरेपछि मगर केही महिनादेखि निकै तनावमा थिए । उनी गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा ५६६ मत ल्याएर निर्वाचित भएका थिए ।

प्रकाशितः ५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्