सात महिने बालिकासहित चितवनमा थप २३ जनामा कोरोना संक्रमण



चितवन : चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड नाइन्टिन ल्याबमा गरिएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये २२ जना चितवनका र एक जना बाराको रहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालद्वारा सार्वजनिक विवरणअनुसार भरतपुरका तीन महिला र एक पुरूष र खैरहनीका १० पुरूष र सात महिने बालिकासहित पाँच महिला तथा रत्नपुरका एक पुरूष र दुई महिलामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै एक जना बारा जितपुरकी ६८ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : असोज ६, २०७७

प्रतिक्रिया दिनुहोस्