कोरोना : साफ युथ कम्पिटिसन स्थगित



काठमाडौं : दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले यस वर्ष हुने तय भएको साफ युथ कम्पिटिसन स्थगित गरेको छ ।

आज (बुधबार) अखिल नेपाल फुटबल संघ (एन्फा) ले समाचार प्रकाशित गर्दै साफले युवा खेलाडीका लागि आयोजना हुने प्रतियोगिता स्थगित भएको जानकारी गराएको हो ।

एन्फाले साफ युथ कम्पिटिसन जुन महिनामा भएको साफको भर्चुअल मिटिङबाट प्रतियोगिता हाल स्थगित गर्ने निर्णय गरेको जनाएको छ । यो साफका सदस्य राष्ट्रका विभिन्न उमेर समूहका टीमहरुबीच हुने प्रतियोगिता हो ।

कोरोना भाइरसको जोखिम घटेको अवस्थामा यही वर्षको डिसेम्बरसम्म सम्भव भए आयोजना गर्ने तयारी साफले गरेको थियो । ‘अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै साफले सबै युथ प्रतियोगिताहरु स्थगित गर्ने निर्णय गरेको छ,’ साफले सदस्य राष्ट्रलाई लेखेको छ ।

यसअघि साफले साफ च्याम्पियनसिप २०२० पनि २०२१ सम्मका लागि स्थगित गरिसकेको जनाएको छ ।

प्रकाशितः ७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्