प्रदेश २ मा बिहीबार ४३ नयाँ संक्रमित थपिए



जनकपुरधाम: प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु हुनुका साथै ४३ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २४ पुगेको छ भने संक्रमितको संख्या १३ हजार १ सय ५१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

आज मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिकाका ६६ वर्षीय एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म २० महिला र १ सय ४ पुरुष गरि १ सय २४ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पर्सामा ४२, बारामा १८, धनुषामा १५, महोत्तरीमा १३, सिरहामा १२, सप्तरीमा १२, रौतहटमा ६, सर्लाहीमा ५ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा पछिल्लो २४ घण्टामा १३ महिला र ३० पुरुष सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ९बिहीबार० यस प्रदेशमा पर्सामा १४, सप्तरीमा १०, धनुषामा ५, सिरहामा ५, बारामा ५, महोत्तरीमा २ र सर्लाहीमा २ जना संक्रमित भएका छन् । प्रदेशमा शुक्रबारसम्म ११ हजार ७६ पुरुष र २ हजार ७५ महिला गरि जम्मा १३ हजार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज र नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बिहीबार ४३ जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेशभरीमा बिहीबारसम्म सप्तरीमा १७ हजार ३ सय ८९, सिरहामा १० हजार ६७, धनुषामा १३ हजार ५ सय ३, महोत्तरीमा ६ हजार ९ सय १६, सर्लाहीमा १३ हजार १ सय ७७, रौतहटमा २२ हजार ४ सय ४८, बारामा ११ हजार १ सय ९० र पर्सामा २४ हजार ३ सय ६७ गरि जम्मा १ लाख १९ हजार ५७ जनाको स्वाब परिक्षण गरिएकोमा १३ हजार १ सय ५१ जना संक्रमित भएका छन् भने १ लाख ३ हजार २ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ६ सय २३, सिरहामा ४५, धनुषामा ५ सय, महोत्तरीमा १ सय ५०, सर्लाहीमा २ सय ६६, रौतहटमा २ सय ११, बारामा ३ सय ८५ र पर्सामा ४ सय ५४ गरि कुल २ हजार ६ सय ३४ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ४६, सिरहामा ७, धनुषामा ८०, रौतहटमा ८८, बारामा ४९ र पर्सामा ४ सय ५४ गरि ७ सय २४ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ४ सय २० बेड क्षमताको १ सय ६९ वटा क्वारेन्टाइनमा अहिले २ सय ७९ जनालाई राखिएको छ भने १ हजार ५ सय २८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय २८, सिरहामा ७ सय ७८, धनुषामा ८, महोत्तरीमा २, सर्लाहीमा ६३, रौतहटमा ४३, बारामा १३ र पर्सामा ६४ गरि १ हजार ९९ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।
त्यस्तै यस प्रदेशमा सप्तरीमा २ सय ३१, धनुषामा ८ सय ४०, महोत्तरीमा ८ सय ९२, सर्लाहीमा ७ सय ९०, रौतहटमा ८ सय ९६, बारामा ३ सय ७२ र पर्सामा ६ सय ९८ गरि ४ हजार ७ सय १९ जना होम आइसोलेसनमा रहेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ४ सय ९३ जना संक्रमित भएका छन् । धनुषामा १ हजार ८ सय ८८, सर्लाहीमा १ हजार ८ सय ८८, रौतहटमा १ हजार ८ सय ५०, महोत्तरीमा १ हजार ४ सय १९, बारामा १ हजार २ सय ४७, सप्तरीमा १ हजार २ सय र सिरहामा १ हजार १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय १८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशका २७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका २४, महोत्तरीका १, बाराका १ र पर्साका १ जना छन् ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ८ सय ३५, सिरहाका ४ सय ५४, धनुषाका १ हजार ६, महोत्तरीका ५ सय १२, सर्लाहीका ७ सय ६८, रौतहटका ९ सय ५, बाराका ९ सय ४४ र पर्साका १ हजार ७ सय ८५ गरि ७ हजार २ सय ९ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्