सुत्केरी बोकेको ट्याक्सी खस्दा एक जनाको मृत्यु



धादिङ : धादिङमा यात्रुवाहक ट्याक्सी पहिरोबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

अस्पतालबाट डिस्जार्च भएकी सुत्केरीसँगै घर फर्किरहेकाहरु चढेको सवारी साधन पहिरोबाट खस्दा एक जनाको मृत्यु भएको हो ।

सिद्धलेक गाउँपालिका वडा नं.६ फिसटारमा ट्याक्सी सडकबाट तल खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा खनियाबास गाउँपालिका वडा नं ४ का ५० वर्षीय विष्णुमाया तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

सुत्केरी बिरामी लिएर काठमाडौंबाट धादिङबेशी तर्फ आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी मलेखु धादिङबेसी सडक खण्डको पहिरो खोलामा खसेको थियो । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते हुनेहरुमा खनियाबास गाउँपालिका वडा नं.४ का २२ वर्षीय आशिष तामाङ, ३१ वर्षीय सरोज तामाङ, २५ वर्षीय सन्तुमाया तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं १३ का ६० वर्षीय विर बहादुर तामाङ रहेका छन् ।

घाइतेहरुको राजमार्ग सामुदायिक अस्पतालमा उपचार गरि थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्