शिक्षण शुल्क र घरभाडा मिनाहा गर्नुपर्ने राष्ट्रिय विद्यार्थी संघको माग



जनकपुरधाम : बिद्यार्थीहरुलाई लकडाउन अवधिभरको शिक्षण शुल्क र घरभाडा मिनाहा गर्नुपर्ने माग गर्दै राष्ट्रिय विद्यार्थी संघले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्रिय विद्यार्थी संघका केन्द्रिय सदस्य रोशन मिश्रको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेका बिद्यार्थी नेताहरुले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

कोरोना संक्रमणका कारण समग्र विश्व नै आक्रान्त रहेको समयमा नेपाल समेत यसबाट प्रभावित भएको र देश पनि ठप्प रहेको अवस्थामा स्कूल, क्याम्पसहरुले बिद्यार्थीहरुसँग जथाभावी शूल्क असुलिरहेको थुप्रै गुनासोकाहरु आईरहेकोले त्यस्ता समस्याको समाधानका लागि आफुहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको राष्ट्रिय विद्यार्थी संघका दिनेश यादवले जानकारी दिए ।

बिद्यार्थीका अभिभावकहरु समेत अहिलेको अवस्थामा चारैतिरबाट मारमा परेको र यस विकट परिस्थितीमा सबैजना आ–आफ्नो गाउँ फर्केको हुनाले उनीहरुलाई लकडाउन अवधिभरको घरभाडा समेत मिनाहाको लागि पहल गरिदिन संघले प्रशासनसँग आग्रह गरेको छ ।

राष्ट्रिय विद्यार्थी संघका केन्द्रिय सदस्य रोशन मिश्रको नेतृत्वमा ज्ञापनपत्र बुझाउन पुगेका टोलीमा संघका जिल्ला सचिव शिवशंकर यादव, बिद्यार्थी नेताद्धय दिनेश यादव र इजाज अन्सारीको समेत उपस्थिती रहेको थियो ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्