ब्याक अफ चाइना भन्दै जनकपुरमा विरोध प्रदर्शन



जनकपुरधामः हुम्लामा मिचिएको नेपाली भूमीबाट तत्काल फिर्ता जाउ चिन भन्दै जनकपुरमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका-६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएपछि जनकपुरमा युवा नेपाल समिति प्रदेश नम्बर २ ले विरोध प्रदर्शन गरेको हो ।

युवा नेपाल समिति प्रदेश २ का संयोजक मोहन सिंहको नेतृत्वमा प्रदर्शनमा सहभागीहरुले चिन विरुद्ध नारावाजी गर्दै ब्याक अफ चाइना, चिनियाँ अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमी फिर्ता गर, पुरानो सन्धी लागु गर, चाईनिज साम्राज्यवाद मुर्दावाद, केपी ओली मुर्दावाद, चाइनाको दलाल परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मुर्दावादलागायतका नाराहरु लगाएका थिए ।

युवाहरुको समूहले चाइनीज अतिक्रमण बिरुद्ध निकालेको बिरोध रैली जनकपुरधामको रामानन्द चोकबाट सुरु भई जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले चाइनिज अतिक्रमण बिरुद्ध नेपाल सरकार समेत मौन रहेको समयमा चाइनिज साम्राज्यवाद बिरुद्ध आफूहरु बिरोध प्रदर्शन गर्न बाध्य हुनु परेको बताए ।

युवा गुड्डु पाण्डेले नेपाली भूमिको अतिक्रमण आफूहरुका लागि सह्य नरहेको बताए । उनले भारत तर्फबाट होस वा चिन तर्फबाट नेपाली भूमिको अतिक्रमण बिरुद्ध आवाज उठाउन हामी सदैव तयार रहेको बताए । त्यस्तै, अर्का युवा सुशिल कर्णले नेपाली भूमि अतिक्रमण भइरहँदा समेत सरकारले त्यसको बिरोध गर्नुको साटो उल्टै अनभिज्ञयता प्रकट गर्नु लज्जास्पद रहेको बताए ।

कोणसभामा युवा नेताहरु अजय साह, आशुतोष झा नवीन सहितकाले समेत चिनिया अतिक्रमण विरुद्ध आ-आफ्नो धारणा राखेका थिए । यद्यपि नेपाली भूमिमा चीनको तर्फबाट अतिक्रमण नगरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्पष्ट पारेका थिए ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धरान : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ

काठमाडौं : यस वर्षको बडा दशैं आज (शनिबार) देखि औचारिक रुपमा समापन भएको छ ।दशमीको

धनगढी– कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान

काठमाडौं : काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा २४ वर्षीय युवकको मृत्यु भएको छ

काठमाडौं– यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा

चितवन : चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

काठमाडौं : कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको मृत्यु भएको छ।काभ्रे पोस्टका प्रधान सम्पादक

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सिडिओ

पर्सा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवा द्धारा सार्वजनिक

काठमाडौं– गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका

काठमाडौं– दशैंपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान