ब्याक पिंकले तोड्यो ‘गंगनम स्टार’ को रेकर्ड



एजेन्सी : दक्षिण कोरियाली पप म्युजिक ब्यान्ड ‘ब्ल्याकपिंक’ले थोरै समयमा सर्वाधिक हेरिएको ब्यान्डको कीर्तिमान बनाएको छ। यसअघि यो कीर्तिमान ‘गंगनम स्टाइल’बाट रातारात सनसनी मच्चाएर चर्चामा आएका अर्का दक्षिण कोरियाली पप सिंगर साईको नाममा थियो।

ब्ल्याकपिंकको ‘किल दिस लव’ गीत युट्युबमा थोरै समयमा १० करोड हेरिएको छ। जम्मा २ दिन १४ घन्टामा यो गीत युट्युबमा १० करोड पटक हेरिएको हो। २४ घन्टामा यो गीत ५ करोड ६७ लाख दर्शकले हेरेका थिए।

ब्ल्याकपिंकको ‘किल दिस लव’ ले एक दिनमा यसअघि सर्वाधिक हेरिएको एरियाना ग्रान्डेको ‘थ्यांकयू’ गीतको रेकर्ड पनि भंग गरेको छ। ब्यान्डले ‘किल दिस लव’ कोरियाली र अंग्रेजी दुवै भाषामा गाएको छ।

यी हुन् २४ घन्टामा सर्वाधिक हेरिएका गीत

ब्ल्याक पिंक : किल दिस लव– ५ करोड ६७ लाख 

एरियाना ग्रान्डे : थ्यांक यू– ५ करोड ५४ लाख

बिटिएस : आइडल– ४ करोड ५९ लाख

टेलर स्विफ्ट : लुक ह्वाट यू मेड मि डू– ४ करोड ३२ लाख

एमिनेभ : किल सट– ३ करोड ८१ लाख

दक्षिण कोरियाली किशोरीहरूको संगीत मण्डली ब्ल्याक पिंक सन् २०१६ मा स्थापना भएको हो। जिसू, जेनी, रोज र लिसा यसका ब्यान्ड मेम्बर हुन्। ब्यान्डले सन् २०१६ सेप्टेम्बर मा पहिलो एल्बम ‘वन’ सार्वजनिक गरेको थियो, जुन दक्षिण कोरियालीले निकै मन पराएका थिए।

त्यसपछि सन् २०१८ मा ब्यान्डले निकालेको ‘डू डू डू डू’ दक्षिण कोरियामा सर्वाधिक हेरिएको थियो।

प्रतिक्रिया दिनुहोस्