कोरोनाः विश्वभर ३ करोड २७ लाख संक्रमित, ९ लाख ९३ हजारको मृत्यु



काठमाडौंः विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९३ हजार ७७० पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या विश्वभर ३ करोड २७ लाख ८३ हजार पुगेका छ । कूल संक्रमितमध्ये २ करोड ४१ लाख ८४ हजार निको भएका छन् भने करिब ७६ लाख मानिस सक्रिय संक्रमित छन् ।

विश्वभर अझै पनि ६३ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यावसय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

संक्रमितको संख्या पनि ७२ लाख ४४ हजार नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म २ लाख ८ हजार भन्दा बढीको मृत्यु भएको छ । विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ५९ लाख संक्रमित भएका छन् भने यहाँ ९३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै ब्राजिलमा करिब ४७ लाख व्यक्ति संक्रमित भएकामा एक लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार भन्दा बढीको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।

युरोपेली मुलुकहरु खास गरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

प्रकाशितः १० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्