होटल खुल्यो तर छैनन् पाहुना



बर्दिया : पर्यटन क्षेत्र खुला गर्ने सरकारी निर्णयसँगै ठाकुरद्वारामा रहेका अधिकांश होटल सरसफाइ गरेर पर्यटकलाई सेवा दिन तयार देखिएका छन् । लामो समयदेखि बन्द रहेका यस क्षेत्रका होटलले व्यवसाय सञ्चालनका लागि सरसफाइ र मर्मत सम्भारको कामलाई तीव्रता दिएका छन् ।

बन्द रहेका होटलका ढोका खुलेसँगै यस क्षेत्रमा चहलपहल पनि बढेको छ । बन्दाबन्दीका कारण घर गएका धेरै जसो होटलका कर्मचारी तथा मजदुर काममा फर्किइ सकेका छन् । दैनिक सयदेखि १५० जनासम्म आन्तरिक तथा बाह्य पर्यटक आउने ठाकुरद्वारा क्षेत्रका होटल कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका थिए ।

यहाँ रहेका अधिकांश होटल तथा रिसोर्टले सरसफाइ र मर्मत सम्भारको काम सकिसकेको गैँडा क्याम्प रिसोर्टका सञ्चालक रामजी थापाले जानकारी दिए । उनले भने, “ होटलको सरसफाइको काम सकियो, घर गएका होटल कर्मचारी तथा मजदुरलाई काममा बोलाइयो, तयारी सबै पूरा भयो, तर पाहुनाको पर्खाइमा छौँ ।”

ठाकुरद्वारा क्षेत्रका होटल तथा रिसोर्ट सञ्चालकको संस्था पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै होटल सञ्चालनमा आएको जानकारी दिए । उनले भने, “होटल तथा रिसोर्ट चिटिक्क पारेका छौँ तर होटलमा बस्ने पाहुना छैनन् ।”

पछिल्ला वर्षमा ठाकुरद्वारा क्षेत्रमा होटल तथा रिसोर्टमा लगानी गर्ने क्रम बढ्दो छ । यस क्षेत्रमा पर्यटक लक्षित २९ सुविधासम्पन्न होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन् । ती होटल तथा रिसोर्टमा साढे रु तीन अर्ब बढीको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतलनिवासको आधिकारिक ट्विटर ह्यान्डल बन्द गरिएको छ। राष्ट्रपतिको कार्यालयका सूचना र जानकारी

जनकपुरधाम– सर्लाहीमा एकजना वडाध्यक्षले मेला हेर्न गएका एक दलित युवकलाई चोरीको आशंकामा मरनासन्न हुनेगरि कुटपिट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरिएको छ ।

झापा– वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार

बिहार– बिहार विधानसभाका लागि पहिलो चरणको लागि मतदान भइरहेको छ । बिहान ९ बजेसम्म ७.१७

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । बुधबार मौसम बुलेटिन जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर

चितवन– कोरोना भाइरसको संक्रमणबाट चितवनको भरतपुरमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ। पूर्वि नवलपरासीको

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने