धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु



धनगढीः धनगढीमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत् धनगढी उपमहानगरपालिका १ की ६३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

असोज १० गते उनीमा कोरोना पुष्टि भएको थियो । उनको ‘आईसीयू’मा राखेर उपचार भइरहेको थियो । श्वासप्रश्वासमा समस्या आएपछि कोरोना पुष्टि हुनु अगाडिदेखि नै उनको सेतीमा उपचार भैरहेको थियो ।

असोज ७ गतेदेखि उपचार भइरहेकोमा सोमबार मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए । योसँगै धनगढीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने सुदूरपश्चिम प्रदेशमा २१ पुगेको छ ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्