यस वर्षको पद्म श्री पुरस्कार रद्द



काठमाडौं : यस वर्षको पद्म श्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ ।सोमबार खेमलाल–हरिकला प्रतिष्ठानले एक विज्ञप्ति निकाल्दै यस वर्ष दुवै पुरस्कार रद्द गरिएको बताएको हो ।

प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्मश्री साहित्य सम्मान मोदनाथ प्रश्रितलाई दिने घोषणा गरेको थियो । तर, पुरस्कृत र सम्मानित दुवै सर्जकले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गरेको थियो ।

उनीहरुको अस्वीकारपछि प्रतिष्ठानको आकस्मिक बसेको बैठकले यस वर्षको पुरस्कार रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताएका छन् ।

पुरस्कार घोषणा गर्दा कसैको भावनामा ठेस पुर्याउने उद्देश्य नभएको उल्लेख जारी विज्ञप्तिमा भनिएको छ ।

‘हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुर्याउने कदापि थिएन । सम्मानित र पुरस्कृत स्रष्टा, साहित्यप्रेमी तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि लेखक सञ्जीव उप्रेतीले यौन उत्पीडनको आरोप लागेका मोदनाथ प्रश्रितसँग एउटै मञ्चमा उभिएर पुरस्कार नलिने बताएका थिए । नैतिकताका आधारमा आफूले प्रश्रितसँग मञ्च साझा गरी पुरस्कार नलिने घोषणा गरेका थिए ।

त्यस्तै प्रश्रितले पनि प्रतिष्ठानले आफूलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा आभार व्यक्त गर्दै केही व्यक्ति तथा समूहले आफ्नो चरित्र हत्या गरेकाले पुरस्कार नलिने बताएका थिए । सोमबार उनको हस्ताक्षर भएको प्रेस विज्ञप्ति नै सार्वजनिक भएको थियो । तर पछि उनले त्यो प्रेस विज्ञप्ति आफूले ननिकालेको पनि बताएका थिए ।

विक्रम संवत् २०७२ सालमा प्रकाशित आत्मकथा ‘धरातल’ मा भुसालले आफू १३ वर्षको हुँदा तत्कालीन एमालेका नेता प्रश्रितले यौन हिंसा गरेको आरोप लगाएकी थिइन् ।

आफूमाथि यौन हिंसा र यौन उत्पीडनको गम्भीर आरोप लागेपछि प्रश्रितले खण्डन गर्दै भुसालको आत्मकथालाई ‘अश्लील साहित्य’ को संज्ञा दिँदै आरोप झुटो भएको बताएका थिए ।

प्रकाशित : असोज १३, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धरान : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ

काठमाडौं : यस वर्षको बडा दशैं आज (शनिबार) देखि औचारिक रुपमा समापन भएको छ ।दशमीको

धनगढी– कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान

काठमाडौं : काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा २४ वर्षीय युवकको मृत्यु भएको छ

काठमाडौं– यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा

चितवन : चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

काठमाडौं : कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको मृत्यु भएको छ।काभ्रे पोस्टका प्रधान सम्पादक

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सिडिओ

पर्सा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवा द्धारा सार्वजनिक

काठमाडौं– गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका

काठमाडौं– दशैंपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान