२५ किलो चरेससहित २ जना पक्राउ



बझाङ : प्रहरीले २५ किलो प्रतिबन्धित लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको वित्थडचिर गाउँपालिका-२ लिमबाट २५ किलो चरेससहित बझाङ बुङ्गल नगरपालिका-२ का २५ वर्षीय धनबहादुर धामी र सोही वडाका २८ वर्षीय धनबहादुर धामी रहेका छन् ।

सुदूरपश्चिम प्रहरी अनुसन्धान समूह (आरआइटी) बाट प्रहरी नायव निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई चरेस बोकेर बुङ्गलबाट वित्थडतर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित : १५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्