अर्घाखाँचीका सिडिओ र सहायक सिडिओलाई कोरोना संक्रमण



अर्घाखाँची : अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।

ज्वरो, रूघाखोकी लागेपछि प्रजिअ पौडेलको स्वाब परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । सहायक प्रजिअ थापामा भने कोरोनाका लक्षण देखिएको छैन ।

उनीहरू शीतगंगा नगरपालिका कोठिया तथा सन्धिखर्क नगरपालिका भुजुंगे क्षेत्रमा पहिरोपीडितलाई राहत वितरण गरेर फर्केका थिए । बिहीबार कोरोना पोजेटिभ देखिएपछि प्रजिअ र सहायक प्रजिअ होम आइसोलेसनमा बसेका छन् ।

‘प्रजिअ र सहायक प्रजिअको रिपोर्ट पोजेटिभ आएपछि उहाँहरू घरमै बस्नुभएको छ,’ कार्यालयका कर्मचारी विकासकुमार मिश्रले भने । जिल्ला प्रशासन कार्यालयले काम भने रोकेको छैन । अर्का सहायक प्रजिअ विनोद खनाललगायत कर्मचारी कार्यालयमा छन् । उनीहरूले सेवाग्राहीका काम गरिरहेका छन् ।

प्रकाशितः १६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्