ट्रेन्डिङमा कब्जा जमाउँदै सबैतिर चर्चित बन्याे तेजस र बिष्णु माझिको पिडालु (भिडियो सहित)



काठमाडाैं : लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको नयाँ गीत पिँडालु सार्वजनिक भएकाे छ । तेजस रेग्मीकै शब्द संगीत रहेको डान्सिङ प्याटर्नको गीत युट्युब मार्फत सोमबार सार्वजनिक गरिएको हो । सार्वजनिक भएकै दिन युट्युबको ट्रेन्डिङमा स्थान बनाउँदै गीत चर्चा बटुल्न सफल भएकाे छ । इनाक्षी इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक भएको गीत बवशुद्द लोक संस्कृति झल्काउने खालको भएकाले नै दर्शक श्रोताहरुले मन पराएको इनाक्षी इन्टर्टेन्मेन्टका निर्देशक राम प्रसाद कंडेलले जानकारी दिए ।

शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा कुलेन्द्र बिक, तेजस रेग्मी र रक्षा श्रेष्ठ फिचरिङ्गमा छन् । भिडियोमा रामेश्वर कार्कीको छायाँकन र सुजन शाहीको सम्पादन रहेको छ । साथै दिपक सापकोटा, शशीधर कंडेल र केशब शर्मा अतिथी कलाकार रहेका छन् ।

गीतले टिकटक लगाएत सामाजिक सञ्जालमा प्रशंसा पाएपछि आफुहरुलाई हौसला मिलेको निर्माण टिमले जानकारी दिएको छ । माया प्रेमलाई विषयवस्तु बनाइ तयार पारिएको गीत यो समाचार तयार पारीन्जेल सम्म युट्युबको ट्रेन्डिङ नम्बर १० मा आइसकेको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्