बिर्तामोडमा प्रदेशस्तरीय मिस एसइई हुँदै



झापाः बिर्तामोडमा प्रदेशस्तरीय सौन्दर्य प्रतियोगिता मिस एसइई हुने भएको छ । एसइई दिएर बसेका किशोरीको क्षमता प्रस्फुटन गराउन ‘इकोम मिस एसइई प्रोभिन्स वान २०१९’ हुन लागेको आयोजक ड्रिम्स वर्ल्ड इन्टरटेनमेन्टले जनाएको छ ।

प्रतियोगिताको यो चौथौ संस्करण हो । प्रतियोगितामा एसइई परीक्षा दिएका प्रदेश–१ का १४ वटै जिल्लाका किशोरीले भाग लिन पाउनेछन् । ३० किशोरीलाई समावेश गरी प्रतियोगिता सञ्चालन गरिने आयोजक ड्रिम्स वर्ल्ड इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए ।

प्रतियोगितामा समावेश प्रतिस्पर्धीलाई मिस नेपालको ढाँचामा एक महिना बन्द प्रशिक्षणमा राखिनेछ । उनीहरूलाई व्यक्तित्व तथा नेतृत्व विकास, आत्मविश्वास, पब्लिक स्पिकिङ, मोडलिङलगायतका ३५ विधामा कक्षा दिइनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले जेठ दोस्रो साता हुनेछ । 

प्रतियोगिताको विजेताले सीधै मिस प्लानेट नेपालमा भाग लिने पाउनेछन् । त्यस्तै, ५० हजार नगदसहित उच्च शिक्षाका लागि छात्रवृत्ति प्राप्त गर्ने आयोजक ड्रिम्स वल्र्ड इन्टरटेनमेन्टका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्