नेपाली भूमी मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन



काठमाडौं : नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ। नेपाल विद्यार्थी संघ एवं तरुण दलसङग आवद्ध युवा तथा विद्यार्थीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरेका हुन् ।

उक्त पार्टीको अगुवाइमा पुगेको समूहले ‘ब्याक अफ चाइना’ भन्दै नारावाजी लगाएका छन् । त्यस्तै सहभागीहरूले चिनियाँ हस्तक्षेपको खेदो खन्दै नेपालमा चीनको दादागिरी चल्दै भन्दै चीनविरूद्ध आक्रोश समेत पोखेका छन् ।

No description available.

सहभागीहरूले नेपालको भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, चिनियाँ दलालहरू होसियार, नाकाहरू खुल्ला गर लगाएतका नाराहरू लगाएका हुन् ।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हो।नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन् । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तीव्र गतिमा भइरहेको छ ।

No description available.

उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए । ‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन,’ उनले भनेका छन् ।

प्रकाशित : असोज १८, २०७७

प्रतिक्रिया दिनुहोस्