थप २४४० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १५३१ जना



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ७ सय ८१ पीसीआर परीक्षण गर्दा १४४० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं उत्यपकामा १५३१ छन् । काठमाडौंमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुर १ सय ३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइतबार काठमाडौंमा १३ सय ७३, ललितपुरमा १८७ र भक्तपुर ३९ गरी उपत्यकामा १५ सय ९९ जना कोरोना संक्रमित थपिएका थिए ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौं उपत्यकाका १२ सहित १९ जनाको मृत्यु भएको छ । काठमाडौंका ७३, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय पुरुष र ललितपुरमा ३ वर्षीय बालकसहित ५५ र ७१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।

हालसम्म १० लाख ८८ हजार २ सय २९ पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

देशभर भने पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना संक्रमित निको भएका छन् ।

प्रकाशित : असोज १९, २०७७

प्रतिक्रिया दिनुहोस्