दुई महिनादेखि अवरुद्ध सडक खुल्यो



म्याग्दी : हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा दुई महिनादेखि अवरुद्ध सडक मंगलबारबाट सुचारु भएको छ। स्थानीय र यातायात व्यावसायीको पहलमा मध्यमाघदेखि अवरुद्ध उक्त सडक खुलाइएको हो।

सडक खुलाइएसँगै उपल्लो मुस्ताङको लोमान्थाङ, कोरला र दामोदरकुण्ड जाने पर्यटक तथा तीर्थयात्रीलाई सहज भएको छ। माघदेखिको हिमपातका कारण हिउँ जमेर बरफ बनेपछि सडकमा यातायात संचालन भएका थिएनन्।

मुस्ताङको जोमसोम–कोरला सडकको समर–भेनामा हिउँ जमेर बरफ बनेपछि सडक आवागमन सुचारु हुन सकेको थिएन्। मंगलबार हिउँ र बरफलाई डोजर लगाएर हटाएपछि सडकमा यातायातका साधन संचालन हुन थालेका स्थानीय जनप्रतिनिधि राजु बिष्टले जानकारी दिए।

उनले घीलिङ, घमी हुँदै उपल्लो मुस्ताङको यातायात सेवालाई सहज पारिएको बताए। विष्टले दिएको जानकारी अनुसार उपल्लो मुस्ताङमा करिब ३ दर्जन भाडाका सवारी साधनले सेवा दिइरहका छन्।

प्रतिक्रिया दिनुहोस्