मृगौला पीडितलाई साढे ८ लाख सहयोग 



म्याग्दी : जिल्लाको धवलागिरी गाउँपालिका– ५ मलम्पारकी दुबै मिर्गाला पीडित मायाकुमारी छन्त्यालको उपचारका लागि विदेशमा रहेका म्याग्देलीले साढे ८ लाख बढी आर्थिक सहयोग जुटाएका छन्।

वैदेशिक रोजगारी र अध्ययनका लागि अष्ट्रेलिया, युके, इराक, कुवेत लगायतका ठाउँमा रहेका म्याग्देलीबाट छन्त्यालको उपचारमा सो सहयोग जुटेको हो।

२६ वर्षीय छन्त्यालको उपचारको लागि अष्ट्रेलियामा छन्त्याल परिवार अस्ट्रेलियाको संयोजनमा ५ लाख ३८ हजार ३ सय २० र बेलायतमा मल्कबाङ समाज युकेको संयोजनमा २ लाख ५ हजार ६ सय ३६ रुपैयाँ सहयोग जुटेको हो। अष्ट्रेलियामा रहेको नेपाली तथा युकेमा रहेका म्याग्देली र नेपालीमार्फत जुटेको सहयोग रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।

त्यसैगरि इराकबाट रेशम छन्त्यालको संयोजनमा ५९ हजार ५ सय २४ र कोरियामा रहेका पुर्ण छन्त्याल, जापनमा रहेका प्रेम छन्त्याल, कुवेतमा रहेका सुक बहादुर रसाईली र कोरियामा रहेका ज्ञान छन्त्यालबाट  ५–५ हजार सहयोग प्राप्त भएको छ भने कतारमा रबिन्स छन्त्याल र अमेरिकामा बल छन्त्याल र तम छन्त्यालको संयोजकत्वमा आर्थिक संकलन भैरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्