नेपालका लागि अमेरिकाका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र



काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्याण्डी डब्ल्यू बेरीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । 

 

राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष नेपालका लागि तान्जानिया, माल्टा र क्रोएशियाका गैरआवासीय राजदूतहरू क्रमशः बाराका हारन लुभान्दा, स्टेफेन बोर्ग र पेटर जुबिसिकले पनि आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरे । 

 

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायत नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्