धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड हस्तान्तरण



हेटौंडा : बाग्मती प्रदेश सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रकम हस्तान्तरण गरेको छ ।

आज (बुधबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा एक कार्यक्रमकाबीच मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले आगामी दिनमा पनि रंगशाला निर्माणको परियोजनालाई सहयोग जारी राख्ने बताए ।

प्रकाशित :२१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्