ओली-प्रचण्डबीच बालुवाटारमा छलफल शुरु



काठमाडौं : प्रधनमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारमा छलफल शुरु भएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्षय ओलीसँग छलफल गर्न नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटकाअनुसार दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल शुरु भएको छ । साथै पार्टी एकताका बाँकी कामका विषयमा पनि अध्यक्षद्वयबीच छलफल हुने बताइएको छ ।

ओली र प्रचण्डले केही समययता मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल गरे पनि निष्कर्षमा पुगेका छैन । मन्त्रिपरिषद् पुनर्गठन अनिश्चितसमेत बनेको छ । मन्त्रिपरिषद् पुनर्गठन दशैँ–तिहार अघि हुने सम्भावना कम भएको नेताहरुले बताउन थालेका छन् ।

असोज ६ गते बसेको सचिवालय बैठकले एकताका काम १० दिनभित्र सक्ने गरी प्रस्ताव ल्याउने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो । तर, उक्त प्रस्ताव तयार भइसकेको छैन ।

प्रकाशित : असोज २२, २०७७

प्रतिक्रिया दिनुहोस्