एक घण्टामा ६६ करोडभन्दा बढीको शेयर कारोबार



काठमाडौं : साताको अन्तिम दिन आज (बिहीबार) शेयर कारोबार बढेको छ । एक घण्टामा बजार १ हजार ६०३.७१ विन्दुमा पुगेको छ ।

१ हजार ६०७ दशमलव ५३ विन्दुदेखि खुला भएको बजार एक घण्टाको कारोबार अवधिभित्र १ हजार ६१४.०५ विन्दुसम्म पुगेको थियो । नेप्सेले ११ बजेर ११ मिनेटमा उक्त विन्दु कायम गरेको थियो ।

एक घण्टामा ६६ करोड ३८ लाख ३८ हजार बराबरको शेयर खरीदविक्री भएको छ । यो अवधिसम्म १७२ ओटा कम्पनीको १२ हजार १४२ पटकको व्यापारमा उक्त रकम बराबरको २७ लाख ९२ हजार ६४२ कित्ता शेयर खरिद विक्री भएको हो । आज बित्त कम्पनीको शेयरप्रति लगानीकर्ता आकर्षित भएका छन् ।

कारोबारमा आएका १२ ओटा समुहमध्ये वित्त समुहको परिसूचक सर्वाधिक २.२९ प्रतिशत बढेको छ । होटल समुहको परिसूचक १.१ प्रतिशत बढेको छ । जलविद्युत र व्यापारिक समुहको परिसूचक भने एक घण्टाको कारोबार अवधिसम्म घटेको छ ।

आज एक घण्टाको कारोबारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक रकमको कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड १६ लाखभन्दा बढीको शेयर कारोबार भएको हो ।
यस दिन कर्णाली डेभलपमेण्ट बैंक र समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रकाशित : २२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्