सुनको मूल्य घट्दा चाँदीको बढ्यो



काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटबढ हुने क्रम जारी छ । अघिल्लो दिनको तुलनामा आज (बिहीबार) सुनको मूल्य दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार चार सय कायम भएको छ ।

हिजो (बुधबार) सुनको मूल्य तोलामा ८०० ले घटेको थियो । चाँदीको मूल्य आज सामान्य वृद्धि भई प्रतितोला १ हजार १८० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ बढेको हो ।

केहि दिन यता सुनचाँदीको मूल्यमा सामान्य रुपमा घट्नेबढ्ने भइरहेको छ । केही समयअघि नेपालमा सुनको मूल्य प्रतितोला १ लाखभन्दा माथि थियो । सुनको मूल्य घटबढ भइरहेको र बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुनको खरीदविक्री भने अझै ठप्प अवस्थामा रहेको व्यवसायीहरुको भनाइ छ ।

प्रकाशित : २२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्