काठमाडौंमा ७ वर्षीया बालिका बलात्कृत



काठमाडौं : काठमाडौंमा ७ वर्षीया बालिका बालत्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकामा काठमाडौं महानगरपालिका-३२ महादेवस्थान बस्दै आएका ४३ वर्षीय दुर्गा पौडेल रहेका छन् । घोराही ४ दाङ घर भएका पौडेललाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालिका बलात्कृत भएको खबर प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको थियो ।

प्रकाशित :२२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्