सुदूरपश्चिम प्रदेशमा ४१ जना कोरोना संक्रमित थपिए



धनगढी : सुदूरपश्चिम प्रदेशमा आज ४१ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ३ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय २० जनाको कोरोना परीक्षण भएकोमा १ सय ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय १३ जनाको कोरोना परीक्षण भएकोमा धनगढीका १२ सहित थप २४ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आज धनगढी उप-महानगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिकाका १ जना गरी कैलालीका १९ र कञ्चनपुरका ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार धनगढी उप-महानगरपालिका वडा नं.५ का ४ जना, वडा नं१ का ३ जना, वडा नम्बर ३ र ९ का २-२ जना, वडा नं.२ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै धनगढीमा कोरोना संक्रमितको संख्या ८ सय ६४ पुगेको छ । यस्तै गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिका वडा नं.२ का १ जनामा संक्रमण देखिएको छ भने कञ्चनपुरको वेदकोट नगरपालिकाका ४ जना र महाकाली नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ७४ जनाको कोरोना परीक्षण भएकोमा १० जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको साफेबगर नगरपालिकाका ६ पुरुष र ४ महिला गरी १० जनामा कोरोना पुष्टि भएको बताए ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय २९ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको छ । डडेल्धुराका कोभिड-१९ सम्पर्क व्यक्ति हरि भट्टले आज गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय २१ पुगेको छ । संक्रमण पुष्टि भएका ६ हजार ६ सय ८८ जनाले कोरोना जितेका छन भने १८ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : २२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्