परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त



काठमाडौं :परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त भएका छन् ।

शंकरदास बैरागी मुख्य सचिव बनेपछि रिक्त रहेको सचिव पदमा पौड्याल नियुक्त भएका हुन् । यसअघिका केही दिन उनले निमित्त सचिवका रूपमा कार्यभार सम्हालेका थिए ।

नेपाल सरकार मन्त्रिपरिषद् बैठकले परराष्ट्रका वरिष्ठ सहसचिव पौड्याललाई सचिवमा बढुवा गर्दै परराष्ट्रमा जिम्मेवारी दिएको हो । पौड्याल यसअघि परराष्ट्र मन्त्रालयको प्रवक्ता थिए । मन्त्रालयले ट्वीट गर्दै पौडेल सचिवमा नियुक्त भएको जानकारी दिएको छ ।

प्रकाशित :२३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्