लायन्स क्लबद्वारा ३० बेडको आइसोलेसन हस्तान्तरण



विराटनगर : विराटनगर १२ को सामुदायिक भवनमा ३० बेडको (कोभिड-१९) आइसोलेसन केन्द्र तयार गरी लायन्स क्लब डिस्ट्रिक ३२५ ए वानले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

आज (शुक्रबार) सय दिनसम्मको व्यवस्थापन क्लबले गर्ने गरि आइसोलेसन सेन्टर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको क्लबका पूर्व गभर्नर लीलाकुमार ढुंगेलले जानकारी दिएका छन् ।

आइसोलेसन केन्द्रको उदघाटन गर्दै मुख्यमन्त्री शेरधन राईले आईसीयूसहितको प्रबन्ध प्रदेश सरकारले गर्ने बताए । कोरोना भाइरस संक्रमण बढ्दै गएकाले कोभिड अस्पताल र आइसोलेसन केन्द्रहरुले मात्र थेग्ने अवस्था नभएको मुख्यमन्त्री राईको भनाइ छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आइसोलेसन केन्द्र चिकित्सकीय सेवासहित संचालन गर्ने बताए । उनले कोरोना फैलन सक्ने भएकाले चाडपर्व घरमै बसेर मनाउन आग्रह पनि गरेका छन् ।

प्रकाशित : २३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्