फुटबलर खड्का (राखेप)को बोर्ड सदस्यमा नियुक्त



काठमाडौं : राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई प्रदेश १ को प्रतिनिधिका रुपमा नियुक्त गरेको हो । लामो समय राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाईको स्ट्राइकरका रुपमा मैदानमा देखिएका खड्का पछिल्लो समय पुलिस क्लबको प्रशिक्षक टोलीमा थिए ।

उनी महिला राष्ट्रिय टोलीको पूर्व प्रशिक्षक हुन् । राखेप सदस्यमा नियुक्त भएकोमा उनी खुसी छन् ।

प्रकाशित :२३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्