निर्मला हत्या प्रकरण : विष्ट भन्छन्- म अन्यायमा परें अब अदालत जान्छु



काठमाडौं: गृह मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेपछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट अदालत जाने बताएका छन्। 

 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको भन्दै मन्त्रालयले विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेपछि नेपाल लाइभसँग कुराकानी गर्दै विष्टले यस्ताे बताएका हुन्। भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी उनीहरुलाई बर्खास्त गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। 

 

गृहको निर्णयपछि स‌ंक्षिप्त कुराकानी गर्दै विष्टले विष्टले भने, 'म अहिले परामर्शका क्रममा छु। कानुनी प्रक्रियाका लागि अदालत जाने कुरा त भइहाल्यो नि।'

 

बालिका पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको र घटनाको प्रमाण नष्ट गरेको सम्बन्धमा उनीहरु दुबैलाई स्पष्टीकरण सोधिएको थियो। 

 

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो।

 

आधा दर्जनभन्दा बढी प्रहरी टोलीले घटनाको छानबिन गरे पनि परिणाम प्राप्त हुन सकेको छैन। 

प्रतिक्रिया दिनुहोस्