साझा पार्टीका प्रवक्तामा शरदराज पाठक नियुक्त



काठमाडौं : साझा पार्टीले शरदराज पाठकलाई प्रवक्तामा नियुक्त गरेको छ । यसअघि पाठक सहप्रवक्ता थिए ।

महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्ता नियुक्त गरिएको साझा पार्टीको केन्द्रीय सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट उमेदवार बनेका थिए । ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए ।

उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य रहेका थिए ।

प्रकाशित : २४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्