संसदीय छानबिन समिति गठनमा समर्थन नगर्ने रास्वपाको निर्णय



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनमा समर्थन नगर्ने जनाएको छ । मंगलबार रास्वपाको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको औचित्य नभएको निष्कर्ष निकालेको हो । उजुरी दिएको भरमा संसदीय छानबिन समिति बनाउँदै जाने कुरा ठिक नभएको रास्वपाले जनाएको छ ।

साथै रास्वपाले मंगलबार मध्याह्न १२ सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा संसदीय छानबिन समिति गठनका लागि समर्थन गर्न दिन सक्दैनौँ भनेर पार्टीले कुरा राख्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्