गण्डकी प्रदेशमा २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४० पुग्यो



पोखरा : गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज (शनिबार) प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्याङ्जाका एक र नवलपरासी पूर्वका एक जना संक्रमितको मृत्यु भएको हो ।

स्याङ्जाको आँधीखोला-६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्धको राति निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जनाकारी दिए । उनको मिर्गौला, मुटु र पिसावसम्बन्धी समस्या थियो ।

त्यस्ते पूर्व नवलपरासी गैँडाकोट-१ का ३६ वर्षीय पुरुषको कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररतका क्रममा बिहीबार दिउँसो निधन भएको थियो । उनमा रक्तचाप र हृदयघातको समस्या रहेको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रकाशित : २४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्