महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानको निः शुल्क स्वास्थ्य शिविर जारी



जनकपुरधाम : महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान कोभिड-१९ क्विक रेस्पोन्स टिमको निः शुल्क स्वास्थ्य शिविर अझै जारी रहेको छ ।

कोरोना महामारीको समयमा अन्य रोगका बिरामीहरु उपचारबाट वञ्चित रहेको अवस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानले सर्वसाधारणलाई विभिन्न सहयोग तथा परामर्शका लागि आज (शनिबार) धनुषाको धनौजी गाउँपालिका-४ बहुअर्वास्थित वासुदेव माविमा पाँचौ हप्ता निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

आजको शिविरमा ६ सय भन्दा बढि बिरामीलाई निः शुल्क उपचार गरिएको कोभिड-१९ क्विक रेस्पोन्स टिमका सदस्य जिवनाथ चौधरीले जानकारी दिए । स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीहरुलाई उपचार गरिएको उनले बताए । बिरामीलाई चेकजाँच गर्नुका साथै औषधीहरु समेत निःशुल्क उपलब्ध गराइएको थियो । निः शुल्क स्वास्थ्य शिविरलाई थप प्रभावकारी बनाउनका लागि सोही स्थानमा ल्याबको समेत व्यवस्था गरिएको थियो । उपचार गराउन आएका विरामीहरूलाई निःशुल्क मास्क समेत वितरण गरिएको थियो ।

सो शिविरमा विभिन्न विभागका चिकित्सकहरु डा.रामविनय चौधरी, डा.अमित रञ्जन मिश्र, डा.कुमार सम्भव, डा.मनिषा भारद्धाज, डा.शैलेन्द्र साह, डा.अश्विनी कुमार झा, डा.कार्तिकेश मिश्रा, डा.सरद यादव, डा.अजय यादव, डा.अभिजित साह, डा.अमिय कुमार साह, डा.संतोष साह, डा.रोबिन झा, डा.शशि भूषण ठाकुर, डा.विकास कुमार साह, डा.सज्जन ठाकुर, डा.मेघा साह, डा.महेश साह, डा.अमित यादव, डा.श्रीराम शर्मा, डा.कुशेश्वर यादव, डा.राजेश साह, डा.अनिल कुमार साह, डा.रमेश कुमार यादव, डा.अभिषेक विलास पन्त, डा.रामविनय चौधरी, डा.हेमन्त कुमार शर्मा, डा.राजु साहलगायतकाहरुले बिभिन्न रोगका बिरामीहरुलाई स्वास्थ्य जाँच गरेका थिए ।

साथै पारामेडिक्सहरु सुमन कुमार ठाकुर, घनश्याम झा राजु, छोटुबाबु यादव, संतोष यादव, ललित कुमार यादव, दिपक यादव, अजय कुमार यादव, सत्रुधन राय, जिवछ साह, मन्दिप यादव तथा ल्याबका मुकेश सिंह, रुपेश नारायण महतो नर्स रितिका झा लगायतकाहरुले बिरामीलाई उपचार सेवा प्रदान गरेका थिए ।

नेपाली काँग्रेस प्रदेश २ का संसदिय दलका नेता रामसरोज यादवको प्रमुख आतिथ्यमा आयोजित शिबिरमा ब्यवस्थापन समितिका सदस्यहरु जिवनाथ चौधरी, मनोज साह, सन्तोस यादव, राकेश बिक्रम साह, दिपक ठाकुर, गोबिन्द चन्दन राय, सम्झना वर्मा, बलराम गुप्ता, बलराम साह, अनुस पाण्डे, शशिभुषन झा, मनमोहन साह, सत्यम सिंह ठाकुर, राजकुमार मिश्रलगायतकाहरुको सहभागिता रहेको थियो ।

शिबिरमा स्थानिय राजिव ठाकुर, बिक्कि ठाकुर, नन्दन ठाकुर, याकुम राईन, रामनाथ यादव, मिथिला ठाकुर, मुकेश ठाकुरलगायतकाहरुले सहयोग गरेका थिए ।

प्रकाशित : २४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्