सचिवको कार्यकक्षमा किन लगाए मन्त्रीले ताला ?



हेटौँडा : काम नगरेको भन्दै प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले आफ्नै मन्त्रालयका सचिव लोकनाथ पौडेलको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् ।

मन्त्री दुलालले काम नगर्नुको कारणबारे लिखित स्पष्टीकरण माग्दा पनि सचिव पौडेलले नटेरेर नियमित कामकारवाहीसमेत अगाडि नबढाएपछि सचिवको कार्यकक्षमा आफूले तालाबन्दी गरिदिएको मन्त्री दुलालले बताए । 

मन्त्रालयमा हाजिर भएदेखि कुनै फाइल नहेर्ने, आफ्नो मातहतका कर्मचारीलाई हप्की दप्की गरी अमर्यादित व्यवहार प्रदर्शन गर्नेलगायत व्यवहारले हैरान भएर यस्तो कदम चालिएको मन्त्री दुलालको भनाइ थियो ।  

उनले भने, “सचिव पौडेल आएपछि उहाँको कारणले कुनै पनि काम अगाडि बढेको छैन, कर्मचारीहरूले पनि गुनासो गरेका छन् । सचिवले काम सम्पादन नगरेकाले, अघिल्लो मितिमा कुनै फाइल सदर गर्न नपाऊन् भन्ने उद्देश्यले ताला लगाइएको हो ।” सचिवले फाइलहरू चाङ बनाएर आफूभन्दा अग्लो बनाएको तर निर्णय नगरेको मन्त्रीको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्